अनमोलको ‘छड्के २’ फागुन १९ रिलिज हुने



अभिनेता अनमोल केसीको मुख्य भूमिका रहेको चलचित्र ‘छड्के २’को प्रदर्शन मिति घोषणा गरिएको छ । मंगलवार एक पोस्टर सार्वजनिक गर्दै आगामी फागुन १९ गतेलाई चलचित्रको प्रदर्शन मिति तोकिएको हो । अब यो चलचित्रको बक्सअफिसमा ‘वर एन्ड वधु’, ‘परस्त्री’, ‘बुलाकी’ र ‘छक्का पञ्जा ४’सँग भिडन्त हुनेछ । ‘छड्के २’ले प्रदर्शन मिति तोकेसँगै चलचित्र क्षेत्रमा हलचल मच्चिएको छ ।

सार्वजनिक पोस्टरमा भने अभिनेता अनमोल केसी ग्याङस्टर लुक्समा प्रस्तुत छन् । उनको घाँटीदेखि पाखुरासम्म ट्याटुहरु खोपिएका छन् । लामो कपाल र कालो चश्मामा बाइकमा चलाउँदै देखिएका उनको अगाडि-पछाडि ग्याङस्टर हुलियामा केही केटाहरु बाइकमा सवार छन् । चलचित्रको पोस्टर आकर्षक छ भने अनमोलको लुक्स जबर्जस्त छ । चलचित्र ग्याङस्टर कथामा बनेको पोस्टरले नै बुझाउँछ ।

निगम श्रेष्ठद्वारा लिखित तथा निर्देशित यो चलचित्रमा रोविन तामाङ, कमलमणि नेपाल, रेशा आले मगरलगायतको पनि अभिनय छ । चलचित्रको निर्मातामा प्रशान्त गिरी र देवकुमार श्रेष्ठ छन् । लक्ष्मण काफ्ले र निर्भाना फिल्म स्कूल कार्यकारी निर्माता रहेको चलचित्रको चितवन र मुस्ताङमा छायांकन भएको हो । अनमोल पहिलो पटक ग्याङस्टर भूमिकामा देखिन लागेका हुन् ।

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu