‘नम्बरी सुन’मा अभिनय गर्दै आमेश



राजु गिरीको निर्देशनमा निर्माण हुने चलचित्र ‘नम्बरी सुन’को मुख्य भुमिकामा अभिनेता आमेश भण्डारी अनुबन्धित भएका छन् । बिहिबार निर्माण टिम र आमेशवीच औपचारिक रुपमा लिखित सम्झौता भएको हो ।

निर्देशक गिरी ‘नम्बरी सुन’ झण्डै ७० वर्ष अगाडिको ऐतिहासिक सामाजिक कथामा निर्माण गर्न लागेको बताएका छन् । मंसिर ७ गतेबाट फ्लोरमा जाने चलचित्रमा राजेन्द्र खड्गीको पनि अभिनय रहनेछ । कमव्याक गर्दैछन् । चलचित्रका लागी अन्य कलाकार छनोटको चरणमा रहेकको निर्माण टिमले जनाएको छ ।

सुवर्ण शिभान्स फिल्मसको ब्यानरमा निर्माण हुने चलचित्रको प्रस्तुतकर्ता, निर्माता, कथा र गीत नारायण खातीको रहनेछ । चलचित्रमा सन्तोष श्रेष्ठको संगीत, दिव्य सुवेदीको छायांकन, रामजी लामिछाने कोरियोग्राफी, निर्माता खातीको गीत रचना, शान्तिश्री परियार, गायिकाको स्वर रहनेछ । लमजुङको भुजुङ्ग खोला, हेटौंडा, काठमाडौँका विभिन्न ठाउँमा चलचित्रको छायांकन गरिने छ ।

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu