चलचित्र निर्माणमा सहकार्य गर्दै विशाल र ओम अग्रवाल



कमेडी रियालिटी शो ‘कमेडी च्याम्पियन’का निर्माता तथा निर्देशक विशाल भण्डारीसँग सहकार्य गरेर ओएसआर डिजिटलले चलचित्र निर्माण गर्ने भएको छ । चलचित्रको निर्देशन भण्डारीले गर्नेछन् भने निर्मातामा ओम प्रकाश अग्रवाल रहनेछन् । बिहीवार भण्डारी र अग्रवालले सम्झौता पत्रमा हस्ताक्षर गरे । दुवैले चलचित्रलाई अब्बल र स्तरीय बनाउन कुनै कसर नछाड्ने बताएका छन् ।

यम थापाको कथामा चलचित्र बन्न लागेको हो । निर्देशक भण्डारीको कम्पनी थ्रि प्रोडक्सन र ओएसआर डिजिटलको प्रस्तुतीमा बन्ने चलचित्रका लागि कलाकारहरु भने तय गरिएको छैन । चलचित्रको नामका विषयमा पनि छलफल भईरहेको छ । यस वर्ष फिल्मको सम्पूर्ण छायांकन गरेर २०८० सालको विजयादशमीमा प्रदर्शन गर्ने योजना रहेको निर्माता अग्रवालले जानकारी दिए ।

चलचित्रको बारेमा भण्डारीले भनेका छन्, ‘यम थापाजी र म एक विषयमा विगत ३ वर्षदेखि लगातार बहसमा थियौं । विभिन्न चरणको लेखाई र करेक्सनपछि आएको नतिजा हेर्दा दुवैलाई यहि नै हो बनाउन खोजेको विषय र भन्न खोजेको कथा भन्ने निष्कर्ष आएकोले अब भने चलचित्र बनाउने सहमती गर्‍यौं । विषयवस्तुलाई लिएर ढुक्क छौं । चाँडै चलचित्रको बारेमा सम्पूर्ण जानकारी गराउने छौं ।’

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu