पुष १५ मा ‘चि मुसी चि’ रिलिज हुने



हरर-थ्रिलर जनरामा निर्माण भएको चलचित्र ‘चि मुसी चि : इभन डेड डिजायर बिलङ्गिङ’को प्रदर्शन मिति घोषणा गरिएको छ । निर्माण टिमका अनुसार, चलचित्र आगामी पौष १५ गतेबाट नेपालभरका सिनेमा घरमा रिलिज हुनेछ ।

एमी स्टुडियो प्रोडक्सनको ब्यानरमा निर्माण भएको चलचित्रमा प्रियंका कार्की, ऋचा शर्मा, बेनिशा हमाल, आयुष्मान देशराज जोशी, राजन खतिवडा, रविन्द्र झा, गौरव बिष्ट लगायतका कलाकारको अभिनय रहेको छ । चलचित्रको निर्देशन मर्ण जेम्स र यश सैनीले संयुक्त रुपमा गरेका हुन् ।

चलचित्रले नेपालमा हरर तथा थ्रिलरको ट्रेण्ड स्थापित गर्ने निर्माता अरुण चक्रावर्तीले बताए । चलचित्रमा नेपाली र बलिउड प्राविधिकले काम गरेका कारण केही फरक र नयाँपन दर्शकले महसुस गर्न पाउने विश्वास निर्माण टिमको छ ।

चलचित्रमा रिञ्जु केसीसँग मिलेर प्रस्तुतकर्ता अरुण चक्रावर्ती लगानी गरेका छन् । चलचित्रको वितरण राइट्स डिसिएन र डिजिटल राइट्स ओएसआर डिजिटलले खरिद गरेको छ ।

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu