कात्तिक २५ बाट सरेर माघ २० मा पुग्यो ‘ह्यारी कि प्यारी’



डा. भोला रिजालका छोरा डा. कपिल रिजालद्वारा निर्देशित पहिलो फिचर चलचित्र ‘ह्यारी कि प्यारी’को प्रदर्शन मिति हेरफेर भएको छ । यही कात्तिक २५ गतेलाई प्रदर्शन मिति तोकिएकोमा अब यो चलचित्र आगामी माघ २० गतेबाट प्रदर्शन हुने भएको छ । प्रतिनिधि सभा र प्रदेश सभाको चुनाव र कतारमा हुन लागेको विश्वकपले गर्दा निर्माण टिमले चलचित्रको प्रदर्शन मिति धकलेको हो ।

यसै साता काठमाडौंमा चलचित्रको एक क्लब गीतको छायांकन र पोस्टरका लागि कलाकारहरुको फोटोसुट गरिएको थियो । चलचित्रमा जितु नेपाल, साम्राज्ञी आरएल शाह, विजय बराल, लक्ष्मी गिरी, सुवास गजुरेल, नरेश पौडेल, रञ्जना भट्टराई, समिक्षा पौडेल, रमेश अधिकारी, डिल्लीराम खनाललगायतको अभिनय छ । चलचित्रमा अभिनेत्री रेखा थापा केमियो भूमिकामा प्रस्तुत छिन् ।

डा. कपिल रिजालको प्रस्तुति रहेको चलचित्रमा कथा रिजाल स्वयं, पटकथा तथा संवाद सुदीप बराल, गिरीराज घिमिरे, डा. रिजाल र अभिमन्यू निरवीले लेखेका हुन् । भोला रिजालको गीत रचना, शिखर सन्तोष र युग भुषालको संगीत, सपनकुमार राई, सौभर दास, थोम्सन एन्ड्रयुज, मीना निरौला र देवाञ्जली जोशीको गायन र कविराज गहतराजको कोरियाग्राफी रहेको चलचित्रमा सुदीप बरालको छायांकन र अर्जुन जिसीको सम्पादन छ ।

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu