‘बिजुली’का लागि अडिसन आह्वान



दुई श्रृंखलामा निर्माण हुन लागेको चलचित्र ‘बिजुली’का लागि कलाकार छनोट गर्न अडिसन आह्वान गरिएको छ । आगामी २२ गते कान्तिपुर फिल्म एकेडेमीमा हुने अडिसनमा २५ देखि ३० वर्ष उमेरको पुरुष, ३० देखि ३५ वर्षको पुरुष र १८ देखि २८ वर्ष उमेरको महिला कलाकार र अन्य सहायक चरित्रका लागि कलाकार छानिने छ ।

विकास गिरिको लेखन तथा निर्देशनमा बन्न लागेको चलचित्रको निर्माता लुना केसी हुन् । गिरीको यो डेब्यु निर्देशन हो । लामो समयको तयारी पश्चात् गिरीले निर्देशनमा पाइला चाल्न लागेका हुन् । बासुकी फिल्म्सको ब्यानरमा निर्माण हुने चलचित्रमा मुकुन भुसाल, बेनिषा हमाल र कालु राना अनुबन्ध भइसकेका छन् ।

क्रियटिभ प्रोडूसर केदार भुसाल रहने चलचित्रको छायांकन माघबाट सुरु गर्ने तयारीमा निर्माण टिम छ । हरि घले लामाले छायांकन गर्ने चलचित्रमा एसोसियट निर्देशक शंकर धिताल, मुख्य सहायक निर्देशक आयुष बिसी, प्रोडक्सन म्यानेजर नेत्र बिस्ट छन् । सत्य, त्रेता, द्वापर र कलियुग युगको प्रतिनिधि पात्रको कथामा चलचित्र बन्न लागेको हो । निर्देशक गिरी चलचित्रलाई हिन्दू धर्मग्रन्थका पात्रको मोर्डन एडप्टेसन भन्छन् ।

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu