‘सेभेन डेज सुपर च्यालेन्ज’को होस्टमा अनुप



काठमाडौँ । नेपालको पहिलो एक्सन रियालिटी शो ‘सेभेन डेज सुपर च्यालेन्ज’को होस्टमा अभिनेता अनुप बिक्रम शाही अनुबन्धित भएका छन् । डिएआर मुभिजको फर्म्याटमा निर्माण हुने शोमा विभिन्न क्षेत्रका सेलिब्रेटीहरुको साथमा डिजिटल अडिसनबाट छानिएका अन्य प्रतिस्पर्धीहरुको सहभागिता रहनेछ ।

यस शोका विजेताले नगद १५ लाख र कार प्राप्त गर्नेछन् । फरक प्रकृतिको शोज पहिलो पटक एक साथ दुइ वटा टेलिभिजन मार्फत प्रशारणमा आउने भएको छ । नेपाल नेटवर्क टेलिभिजन र एपीवन टेलिभिजनबाट एक साथ प्रशारण हुने शोजको निर्माणमा ठुलो लगानी हुने डिएआर मुभिजका निर्देशक श्याम धितालले जानकारी दिए ।

‘सेभेन डेज सुपर च्यालेन्ज’ को डिजिटल पार्टनर ओएसआर डिजिटल रहेको छ । यो शोजको प्रशारण माघबाट गर्ने लक्ष्य राखिएको पनि धितालले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu