‘रुमालै बाटेर टाई बनाम’ गीतमा टिकटक बनाउनुहोस्, २५ हजार जित्नुहोस्



आगामी पुष २९ गतेबाट प्रदर्शनमा आउन लागेको निर्माता रमेश एमके पौडेलको डेब्यू निर्देशित चलचित्र ‘तिम्रो मेरो साथ’ले टिकटक भिडियो प्रतियोगिता आह्वान गरेको छ । तिहारमा रिलिज भएको चलचित्रमा समावेश ‘रुमालै बाटेर टाई बनाम’ बोलको गीतमा टिकटक भिडियो प्रतियोगिता घोषणा गरिएको हो ।

यो प्रतियोगितामा भाग लिन चाहनेले आफ्नो टिकटक एकाउन्टमा भिडियो अपलोड गर्दा ह्यासट्यागमा गीतको बोल, चलचित्रको नाम र निर्देशकको नाममा लेख्नुपर्नेछ । यसको नतिजा पुष २६ गते घोषणा हुने बताइएको छ । यो नियम चलचित्रका अन्य दुई गीत सार्वजनिक भएपछि पनि लागू हुनेछ । प्रतियोगितामा उत्कृष्ट हुनेलाई २५ हजार नगद र तीनवटा प्रिमियरको पास प्रदान गरिनेछ ।

यूट्युब रिलिजको १२ दिनमा ११ लाखभन्दा बढी भ्यूज बटुलिसकेको ‘रुमालै बाटेर टाई बनाम’ गीतमा सुभाष भुसालको संगीत छ भने वि पाण्डेको शब्द रचना छ । गीतमा मेलिना राई र जगदिश समालको स्वर रहेको छ । आकर्षक सेट बनाएर खिचिएको गीतको भिडियोमा चलचित्रका मुख्य कलाकारहरु पुष्प खड्का, साम्राज्ञी आरएल शाह र सन्दिप क्षेत्री प्रस्तुत छन् ।

चलचित्रमा इमिली लामा, सरोज खनाल, दिपिशा केसी, खड्क बहादुर पुन (खबपु) लगायतको पनि अभिनय छ । चलचित्रलाई सबिर श्रेष्ठ तथा बाबुराम निरौलाले लेखेका हुन् । आर्यन फिल्मस् र बोधी एचडिको ब्यानरमा निर्मित यस चलचित्रको कार्यकारी निर्मातामा सविर श्रेष्ठ, निर्मातामा पासाङ लामा छन् भने सह-निर्माता निरू भण्डारी, अशोक पोखरेल, सुमन पौडेल र सुधिर पराजुली हुन् ।

प्रतिक्रिया दिनुहोस्
About Thuloparda

Thuloparda Media Pvt. Ltd.

Reg No.: 160/073-74 (Suchana Vibhag, Nepal)

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Address: Anamnagar, Kathmandu, Nepal

Email: [email protected]

All the photos & other materials, do not use or reproduce without authorized permission.

Designed by Appharu