महापुरुष हेरेका कलाकारहरु भन्छन्, ‘सुखी मात्र होईन खुसी पनि हुनुपर्छ भन्ने सन्देश हो’



काठमाडौ।
रिलिजको दोस्रो सातामा आईपुग्दा समेत दर्शकको साथ पाइरहेको चलचित्र ‘महापुरुष’लाई सेलिब्रेटीले हेरेका छन् । कलाकारहरू अर्जुनजंग शाही, करिश्मा मानन्धर, सन्तोष पन्त, रमेश उप्रेती, रीमा विश्वकर्मासहितले फिल्म हेरिसकेपछि सञ्चारकर्मीलाई प्रतिक्रिया दिदै फिल्म उत्कृष्ट बनेको बताए ।

अभिनेत्री विश्वकर्माले पटकथा, प्रस्तुतीकरण र कलाकारहरूको अभिनय तीनै पक्षले शतप्रतिशत न्याय गरेको बताईन् । आफु एकल आमाले हुर्काएको छोरी भएको बताउँदै उनले भनिन्, ‘मेरो बुवा सानैमा वित्नु भएकोले म एकल आमाको सन्तान हुँ । फिल्म हेरेपछि म सोच्दैछु उहाँ सुखी त हुनहुन्छ त के खुसी पनि हुनहुन्छ ? यसविषयमा त हामीले कुराकानी नै गरेका रहेनछौं ।’ उनले यो चलचित्र बाको माध्यमले प्रस्तुत गरिएता पनि बा र आमा दुवैको एक्लोपनको कथा व्यक्त गर्ने बताइन् ।

अभिनेत्री मानन्धरले हाम्रो समाजमा हामीले वास्ता नगरेको कथालाई आम दर्शकसम्म लागिएको बताईन् । ‘सुखी मात्र नभई खुसी पनि हुनुपर्छ भन्ने सन्देश नै सशक्त छ । बुढ्यौलीमा महसुश हुने एक्लोपनमा चाहिने साथलाई यसमा सरल रुपमा देखाईएको छ’, उनले भनिन् ‘यो। चलचित्र हेर्दा समय र पैसा पूर्ण रुपमा असुल हुन्छ ।’

‘दर्शक मार्फत विभिन्न सन्देश समाजमा गईरहेका छन् । यस्ता फिल्म बन्नुपर्छ । यस्ता गम्भीर विषयमा समाजको ध्यान गएको छैन । यस्ता विषयलाई बुझ्ने गरी फिल्मकर्मीले उठान गर्नुपर्छ । महापुरूष यस विषयमा सफल भएको छ’, अभिनेता सन्तोष पन्तले बताए । अभिनेता रमेश उप्रेतीले उत्कृष्ट चलचित्र हेर्ने मौका मिलेको प्रतिक्रया दिए ।

प्रदिप भट्टराईले निर्देशन गरेको यस चलचित्रमा मदनकृष्ण श्रेष्ठ, हरिवंश आचार्य, गौरी मल्ल, राजाराम पौडेल, रवीन्द्र सिंह बानियाँ, शिरू विष्टसँगै नवप्रस्तुतिमा अरुण क्षेत्री र अञ्जना बराईली मुख्य भूमिकामा रहेका छन् ।

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu