कल्पितको ‘भगवानको भैँसी’लाई क्यानडामा अवार्ड



काठमाडौँ।
१४ मिनेट लामो नेपाली चलचित्र ‘गड्ज बफेलो’ अर्थात ‘भगवानको भैँसी’ले क्यानडाको माउण्टेन फिल्म एण्ड बुक फेस्टिभलमा अवार्ड प्राप्त गरेको छ । चलचित्र निर्माता तथा छायाँकार विष्णु घिमिरे ‘कल्पित’ले निर्देशन गरेको यो चलचित्रले ‘स्पेसल जुरी मेन्सन अवार्ड’ जितेको हो ।

यसअघि यो चलचित्रले काठमाडौं पर्वतीय फिल्म फेस्टिभल (किम्फ)मा सर्वोत्कृष्ट डकुमेन्ट्रीको अवार्ड र इसिमोड माउन्टेन फिल्म अवार्ड जितेको थियो ।

यो चलचित्रमा सिन्धुपाल्चोकको मेलम्चीमा आएको बाढीले बगाएकी गर्भवती भैंसीको उद्धार गर्न उसका मालिकले गरेको संघर्षलाई देखाईएको छ ।

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu