‘सोल अफ द कमान्डो’बाट राजकुमार राईको २४ वर्षपछि कमब्याक



काठमाडौँ । २४ वर्षपछि चलचित्र ‘सोल अफ द कमान्डो’बाट अभिनेता राजकुमार राईले अभिनयमा पुनरागमन गरेका छन् । उनले सन् १९९८ मा चलचित्र ‘कमाण्डो’ मा मुख्य भुमिकाको रुपमा काम गरेका थिए । त्यसपछि उनी अभिनयबाट निस्क्रिय थिए । उनले २४ वर्षपछि पुनरागमन गरेको चलचित्र ‘द सोल अफ कमान्डो’ मंसिर २३ गतेबाट प्रदर्शनमा आउने तयारीमा छ ।

सन् १९८६ मा दक्षिण कोरियामा सम्पन्न दशौँ एशियन खेलकुदमा तेक्वान्दो खेलमा कास्य पदक तथा सन् १९९९ मा नेपालमा भएको आठौँ दक्षिण एशियाली खेलकुदमा स्वर्ण पदक प्राप्त गर्न सफल अन्तरराष्ट्रिय क्षेत्रमा समेत ख्याती कमाउन सफल तेक्वान्दो खेलाडी राईले नेपाली चलचित्र क्षेत्रमा पनि बिशेष योगदान पुर्‍याएका छन् ।

चलचित्रमा शिशिर वाङ्ग्देल, नरेन खड्का,शेषुका राई, मिलन राई, रवि थापा, रुपेश झा, पुष्प श्रेष्ठ, सीमा राई, नरेन्द्र लिम्बु, पूर्ण लिम्बु, सुष्मिता लिम्बुको पनि अभिनय छ । युवराज ९वीरबहादुर० राईले निर्देशन गरेको चलचित्रको कार्यकारी निर्माता विजय एल राई हुन् । सिलिचुङ फिल्म प्राइभेट लिमिटेडले निर्माण गरेको चलचित्रको निर्मातामा मिलन राई, रवि थापा र धन लिम्बू रहेका छन् ।

चलचित्रमा छायांकन दिर्घ गुरुङको, द्वन्द्व निर्देशन एनबी महर्जनको रहेको छ । प्रोडक्सन मेनेजर विमल धमला र सीमा राईले गरेका हुन् । ग्रयान्ड मास्टर राजकुमार राईले चलचित्र प्रदर्शनबाट संकलित केही रकम च्यारिटीमा समेत खर्च गर्ने जनाएका छन् । चलचित्रको डिजिटल पार्टनर ओएसआर डिजिटल रहेको छ।

प्रतिक्रिया दिनुहोस्
About Thuloparda

Thuloparda Media Pvt. Ltd.

Reg No.: 160/073-74 (Suchana Vibhag, Nepal)

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Address: Anamnagar, Kathmandu, Nepal

Email: [email protected]

All the photos & other materials, do not use or reproduce without authorized permission.

Designed by Appharu