ओएसआर डिजिटलले ३० लाखमा गर्‍यो आशिष सचिनसँग सम्झौता



काठमाडौँ । ‘दारी फुल्यो वैँशैमा’, ‘एक कान दुई कान मैदान’, ‘गलबन्दी पछ्यौरी’, ‘ए मुना’ लगायतका हिट गीतका गायक आशिष सचिनलाई ओएसआर डिजिटलले अनुबन्धित गरेको छ ।ओएसआरले गायक आशिषलाई वार्षिक ३० लाख रुपैयाँ दिने गरी अनुबन्धित गरेको हो । सम्झौता अनुसार गायक आशिष सचनिले १ वर्षसम्म ओएसआर डिजिटलको निर्माण र ब्यानरमा बन्ने विज्ञापनका सामाग्री सहित म्यूजिक भिडियोमा काम गर्नुपर्नेछ ।

१ वर्षको अवधिमा ओएसआरसँग गायक आशिषले ८ वटा गीतसहित वर्षभरी आउने विज्ञापनको काम गर्नुपर्नेछ । पछिल्ला दिनमा गायक आशिषले लगातार ओएसआर मार्फत आफ्ना म्यूजिक भिडियो बजारमा ल्याइरहेका छन् ।

गायन सँगसँगै म्यूजिक भिडियोको अभिनयमा समेत अब्बल मानिएका आशिषले अभिनय गरेको पछिल्लो म्यूजिक भिडियो ‘छमक छमक तेरी पाउजु’ले चर्चा बटुल्न सफल भएको छ । आशिष पछिल्ला दिनमा बढी माग हुने गायकका रुपमा पनि दह्रिएका छन् । उनको माग देश विदेशका कन्सर्ट तथा महोत्सवहरुमा पनि बढ्दो छ ।

प्रतिक्रिया दिनुहोस्
About Thuloparda

Thuloparda Media Pvt. Ltd.

Reg No.: 160/073-74 (Suchana Vibhag, Nepal)

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Address: Anamnagar, Kathmandu, Nepal

Email: [email protected]

All the photos & other materials, do not use or reproduce without authorized permission.

Designed by Appharu