२० लाखमा ‘बद्री बहादुर’को विदेश राइट्स विक्री



शोभित बस्नेत निर्देशित चलचित्र ‘बद्री बहादुर’को विदेश राइट्स विक्री भएको छ । बुधबार निर्देशक बस्नेतले पूजा तामाङलाई विदेशको सम्पूर्ण राइट्स बेचेका हुन् । पूजा तामाङले विदेश राइट्सको लागि नगद २० लाख तिरेर सम्झौता पत्रमा हस्ताक्षर गरेकी छन् । अब विदेशमा सिनेमा प्रदर्शनको हक पूजाको हातमा हुनेछ ।

सञ्चारकर्मी रवि अधिकारीको कार्यकारी निर्माण रहेको ‘बद्री बहादुर’को केही दिनमा सलोन बस्नेत र पूजा शर्माले नृत्य गरेको गीत सार्वजनिक गर्दै प्रदर्शन मिति घोषणा गरिने बताइएका छ । रामकाजी घिमिरेको लेखन रहेको ‘बद्री बहादुर’मा जय किसन बस्नेत, छुल्ठिम गुरुङ, राजीव जंग बस्नेत, धिरेन शाक्य, एलिना गुरुङलगायतका कलाकारहरुको अभिनय छ ।

विनोद सापकोटाको छायांकन रहेको चलचित्रमा टंक बुढाथोकी रउजन नेम्वाङको संगीत, शिव विकको नृत्य निर्देशन, शंकर महर्जनको द्वन्द्व र बन्दे प्रसादको सम्पादन छ । काठमाडौं, लमजुङ, धरान र संखुवासभामा छायांकन गरिएको चलचित्रको सहायक निर्देशकमा रामजी राउत र ज्ञानकुमार कटेल रहेका छन् । एबी पिक्चर्स फार्म र सलोन सलिना फिल्मस्का् ब्यानरमा निर्माण भएको चलचित्रका प्रस्तुतकर्ता विजय गोपाल दली र निर्माता मिथुन भोटे हुन् ।

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu