मंसिर १६ मा रिस्ताको ‘पासो’



बी.आर इन्टरटेन्मेन्ट प्रा.लीको ब्यानरमा निर्माण भएको चलचित्र ‘पासो’को प्रदर्शन मिति तय गर्दै पोष्टर सार्वजनिक गरिएको छ । यो चलचित्रलाई मंसिरको १६ गतेबाट देशभर रिलिज गरिने निर्माणपक्षले बताएको छ ।

आर.बी पुनको लेखन तथा निर्देशनमा तयार भएको यो चलचित्रलाई भगवान भुजेलले निर्माण गरेका हुन् । चलचित्रमा बसन्त घिमिरे, अनु मुस्कान, अनुराग ढुंगाना, सरस्वती गुरुङ सह–निर्माताको रुपमा छन् । चलचित्र ‘पासो’मा रिस्ता बस्नेत, सुनिशा बजगाँई, रामकुमार बास्ताकोटी, प्रतिक दुलाल र प्रनव आकाशको अभिनय छ ।

कन्टेन्ट थ्रिलर जनरामा निर्माण भएको यो चलचित्रले दुई अत्यन्त मिल्ने साथीलाई एक अज्ञात अपराधिक समुहले अपहरण गरेपछि उनीहरुले बाँच्नका लागि गरेको संघर्षको कथालाई प्रस्तुत गरेको छ । रिच इन्टरटेन्मेन्टले यो चलचित्रलाई काठमाडौंमा र एफडी कम्पनीले काठमाडौं बाहिर वितरण गर्नेछ ।

यो चलचित्रको नेट कलेक्शनको १५ प्रतिशत रकम धादिङमा निर्माण हुन गइरहेको ‘जीवन विज्ञान’ धाम निर्माणार्थ प्रदान गरिने जानकारी समेत यसका निर्माता भगवान भुजेलले गराएका छन् ।

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu