बैशाख १ मा आउने भयो ‘नाईं नभन्नू ल ६’



नेपाली चलचित्रको इतिहासमा सर्वाधिक सिरिज निर्माणको रेकर्ड बनाएको चलचित्र ‘नाईं नभन्नू ल’को छैठौं श्रृंखला आगामी बैशाख १ गतेबाट प्रदर्शनमा आउने भएको छ । यतिबेला विर्तामोडमा छायांकन भइरहेको चलचित्रलाई नयाँ वर्षमा प्रदर्शन गर्न लागिएको निर्देशक विकासराज आचार्यले जानकारी दिए । यो मितिमा झरना थापाको निर्देशनमा बन्न लागेको चलचित्र ‘भगवत् गीता’ले पनि प्रदर्शन हुँदैछ ।

निर्देशक आचार्यले भने- ‘मंसिरभित्र चलचित्रको सम्पूर्ण छायांकन सकिनेछ । त्यसपछि पोष्ट प्रोडक्सनको काम सुरु हुन्छ । पोष्ट प्रोडक्सन र प्रचारलाई चाहिने समय हेरेर नै बैशाख १ गतेबाट चलचित्र प्रदर्शन गर्न लागेका हौं ।’ चाँडै प्रदर्शन मितिसहित चलचित्रको पोस्टर सार्वजनिक गर्ने उनको तयारी छ । अबको १५ दिन पूर्वका विभिन्न ठाउँमा चलचित्रको छायांकन हुनेछ ।

आख्यान फिल्म्सको ब्यानरमा सिविन दाहाल र सञ्जय न्यौपाने निर्माता रहेको ‘नाईं नभन्नू ल ६’मा आँचल शर्मा, आर्शिवाद क्षेत्री, योगिशा खत्री, अर्थव उप्रेतीलगायतको अभिनय छ । अर्थव, निखिल उप्रेती र सञ्चिता लुईटेलका छोरा हुन् । उनले यही चलचित्रबाट कलाकारको रुपमा डेब्यू गरेका हुन् । उनका कारण पनि यो चलचित्र प्रतिक्षीत छ । चलचित्रमा अनुभव रेग्मी केमियो भूमिकामा छन् ।

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu