पल शाहले उच्चमा दिए नवलपुर अदालतको फैसलाविरुद्ध पुनरावेदन



नवलपुर जिल्ला अदालतले बाल यौन दुरुपयोगको मुद्दामा दोषी ठहर गर्दै जेल सजाय सुनाएपछि तनहुँ जिल्ला कारागारमा रहेका अभिनेता पल शाहले अदालतको आदेशविरुद्ध उच्च अदालत पोखरामा पुनरावेदन गरेका छन् । शुक्रवार शाहका अधिवक्ता कमलामोहन वाग्लेले नवलपुर जिल्ला अदालतको आदेश उल्टाएर सफाई दिन माग गर्दै निवेदन दर्ता गराएका हुन् ।

यसअघि पनि तनहुँ र नवलपुर अदालतले पुर्पक्षका लागि थुनामा राख्न आदेश दिएपछि पलले उच्च अदालत पोखरामा पुनरावेदन चढाएका थिए । तर, उच्च अदालतले पनि जिल्ला अदालतकै फैसलालाई सदर गरेको थियो । नवलपुर जिल्ला अदालतले शाहलाई सजाय सुनाए पनि तनहुँ जिल्ला अदालतमा भने मुद्धा अड्किएर बसेको छ । शाहले करिब ९ महिनादेखि कारागार जीवन विताइरहेका छन् ।

गत भदौ २१ गते शाहलाई नवलपुर जिल्ला अदालतले बालयौन दुरुपयोगमा दोषी ठहर गर्दै साढे दुई वर्ष कैद, २५ हजार रुपैयाँ जरिवाना र पीडितलाई १० लाख रुपैयाँ क्षतिपूर्तिको फैसला सुनाएको थियो । न्यायाधीश यज्ञप्रसाद आचार्यको इजलासले बलात्कार पुष्टि नभएपनि यौनजन्य अस्वभाविक व्यवहार देखाएको ठहर गरेको थियो ।

प्रतिक्रिया दिनुहोस्
About Thuloparda

Thuloparda Media Pvt. Ltd.

Reg No.: 160/073-74 (Suchana Vibhag, Nepal)

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Address: Anamnagar, Kathmandu, Nepal

Email: [email protected]

All the photos & other materials, do not use or reproduce without authorized permission.

Designed by Appharu