डिजिटल रिलिजमा पनि ‘कबड्डी ४’को हंगामा, एकसाथ हजारौँले हेर्दा सर्भर टिकाउनै हम्मे हम्मे



काठमाडौँ।
हलमा भएको रिलिजबाट सर्वाधिक ग्रस कलेक्सनको रेकर्ड बनाएको नेपाली चलचित्र ‘कबड्डी ४’ले ओटिटिमा समेत हंगामा गरेको छ । हिजो शुक्रबार ‘सिनेमाघर एप’ मार्फत विश्वव्यापी रिलिज भएको यो चलचित्रले रिलिजको पहिलो दिनमा नै ऐतिहासिक सफल व्यापार गरेको सिनेमाघरका संस्थापक सागर खरेलले बताए ।

खरेलले भने, “हिजो केहि समय हामीले लोड थाम्नै मुस्किल परेको थियो । एकसाथ हजारौँ दर्शकले हेर्दा र किन्दा हाम्रो सर्भरमा समस्या उत्पन्न हुन पुगेको थियो । अपेक्षा भन्दा निकै धेरै दर्शकहरुले एप एकसाथ प्रयोग गर्न थालेपछि हम्मेहम्मे परेको थियो । केहि समयपछि हामीले सर्भर अपग्रेड गरी लाखौँले एकैपटक हेर्न सक्ने बनायौँ ।”

बिहिबार पत्रकार सम्मेलन गरी शुक्रबारदेखि रामबाबु गुरुङ निर्देशित चलचित्र ‘कबड्डी ४’को ‘सिनेमाघर एप’ मार्फत डिजिटल प्रिमियर हुने बताईएको थियो । यो चलचित्र सिनेमाघर एपमा विज्ञापनरहित हेर्न सःशुल्क र विज्ञापन हेरी सिनेक्वाइन जम्मा गरी हेर्न निःशुल्क पनि पाइनेछ ।

हलमा हेर्न छुटाएका दर्शकका लागि लक्षित हेरेर फिल्मलाई डिजिटल रिलिज गरेको बताईएको छ । सिनेमाघरका सञ्चालकमध्ये एक खगेन्द्र लामिछानेले ‘कबड्डी ४’को प्रदर्शनसँगै एपप्रति दर्शकको आकर्षणमा व्यापकता आएको बताए । उनले अब यूट्युबभन्दा ओटीटी प्लेटफर्ममा फिल्म रिलिज गरेर धेरै राम्रो आम्दानी गर्न सक्ने अवस्था आएको पनि बताए । यसअघि दशैंमा रिलिज भएका ‘जय भोले’ र ‘रातो टीका निधारमा’ले पनि अपेक्षा भन्दा बढि कमाई गरेको उनले बताए ।

सबै प्रकारका मोबाईल, ट्याब्लोईड, एन्ड्रोइड टिभी, अमेजन फायर टिभीसहित सबै प्रकारका स्मार्ट डिभाइसमा एप उपलब्ध रहेको र क्रोमकास्ट प्रविधिको प्रयोग गरी विभिन्न डिभाइसहरुमा पनि हेर्न सकिन्छ । एपमा उपलब्ध फिल्महरु नेपालका प्रायः डिजिटल वालेट र विदेशबाट पेपल, डेविट-क्रेडिट कार्डबाट पैसा तिरेर हेर्न सकिन्छ ।

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu