‘सोल अफ द कमाण्डो’को ट्रेलरमा राजकुमारको एक्सन अवतार



काठमाडौँ । मंसिर २३ गतेबाट प्रदर्शनमा आउने तयारीमा रहेको चलचित्र ‘सोल अफ द कमाण्डो’को ट्रेलर सार्वजनिक गरिएको छ । शुक्रवार राजधानी काठमाडौँमा एक कार्यक्रम आयोजना गर्दै चलचित्रको एक्सन प्याक ट्रेलर सार्वजनिक गरिएको हो । ट्रेलरमा अभिनेता राजकुमार राईको एक्सनका दृश्यहरुलाई विशेष स्थान दिइएको छ ।

राजकुमार राईको २४ वर्षपछि ‘सोल अफ द कमाण्डो’बाट अभिनयमा पुनरागमन भएको हो । उनले यसअघि सन् १९९८ मा चलचित्र ‘कमाण्डो’मा मुख्य भूमिकामा अभिनय गरेका थिए । उनले चलचित्रले दर्शकलाई निराश नबनाउने दाबी गरेका छन् । सन् १९८६ मा दक्षिण कोरियामा सम्पन्न दशौँ एशियन खेलकुदमा कास्य पदक तथा सन् १९९९ मा नेपालमा भएको आठौँ दक्षिण एशियाली खेलकुदमा स्वर्ण पदक जित्न सफल उनी तेक्वान्दो खेलाडी हुन् ।

युवराज (वीरबहादुर) राईको निर्देशनमा तयार भएको चलचित्रमा राजकुमार र नरेनका अलवा शिशिर वाङ्ग्देल, शेषुका राई, मिलन राई, रवि थापा, रुपेश झा, पुष्प श्रेष्ठ, सीमा राई, नरेन्द्र लिम्बु, पूर्ण लिम्बु, कमला खापुङ्ग लिम्बु, सुष्मिता लिम्बु, एन्जल राई, टिका राम ठकुरी, सोनिका राईको पनि अभिनय छ । चलचित्रमा मिलन राइको कथा र सनम जेबीआर रानाको पटकथा तथा संवाद छ ।

सिलिचुङ फिल्म प्राइभेट लिमिटेडको ब्यानरमा निर्माण भएको चलचित्रको कार्यकारी निर्माता विजय एल राई, निर्माता मिलन राई, रवि थापा र धन लिम्बू छन् । चलचित्रमा दिर्घ गुरुङको छायांकन, नकुल खड्काको सम्पादन, सिमोन राजबंशीको कोरियोग्राफी, एनबी महर्जन र सानु कुमार महर्जनको द्वन्द्व निर्देशन छ । चलचित्रको डिजिटल राइट्स ओएसआर डिजिटलले खरिद गरेको हो ।

प्रतिक्रिया दिनुहोस्
About Thuloparda

Thuloparda Media Pvt. Ltd.

Reg No.: 160/073-74 (Suchana Vibhag, Nepal)

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Address: Anamnagar, Kathmandu, Nepal

Email: [email protected]

All the photos & other materials, do not use or reproduce without authorized permission.

Designed by Appharu