‘हिजो आजका कुरा’ अब विदेशमा



साकार पन्तको निर्देशनमा तयार भएको चलचित्र ‘हिजो आजका कुरा’ले अमेरिकाबाट बिदेश प्रदर्शन यात्रा सुरु गरेको छ । चलचित्र आइतबार अर्थात् १३ नोभेम्बरमा अमेरिकाको फेयरफ्याक्स सिटी स्थित सिनेमा आर्टस् थिएटरमा प्रदर्शन हुँदैछ । निर्देशक पन्तका अनुसार, १८ देखि २५ नोभेम्बरसम्म डल्लासस्थित सिनेपोलिस, इयुलेस एण्ड फन मुभी ग्रिलमा चलचित्र प्रदर्शन हुनेछ भने २० नोभेम्बरमा ओक्लाहाउमाको रोडियो सिनेमामा प्रदर्शन हुने तय भइसकेको छ ।

गत असोज २८ मा देशभरका हलमा प्रदर्शन भएको चलचित्रले दर्शकबाट सकारात्मक प्रतिक्रिया पाएको थियो । अमेरिकाका अन्य शहरहरुमा पनि चलचित्र क्रमशः प्रदर्शन हुने तयारीमा रहेको निर्देशक साकारले जानकारी दिए । उनका अनुसार, अमेरिकासँगै २५ नोभेम्बरमा अष्ट्रेलियाको क्यासुआरीनामा पनि चलचित्र प्रदर्शन हुँदैछ ।

‘बिदेशमा ‘हिजो आजका कुरा’प्रति दर्शकमा देखिएको आकर्षणले अत्यन्तै खुशी लागेको छ,’ निर्देशक साकार भन्छन्, ‘अमेरिका र अष्ट्रेलियासँगै क्यानडा, युरोप, जापानलगायत विश्वका थुप्रै देशबाट फिल्मको डिमान्ड आएको छ । हामी सकेसम्म धेरैभन्दा धेरै देशमा प्रदर्शन गर्ने तयारीमा छौ ।’ पन्त फिल्म प्रोडक्सनको ब्यानरमा निर्मित चलचित्रको कथा सन्तोष पन्तको हो भने पटकथा सन्दिप किस्नाले लेखेका हुन् ।

रवि सायमीले खिचेको चलचित्रको कार्यकारी निर्माता प्रतिभा पन्त,सह–निर्माता बैकुष्ठप्रसाद उपाध्याय (अशोक) र सचितकुमार मिश्र छन् । चलचित्रमा सन्तोष पन्त, साकार पन्त, रमा थपलिया, केकी अधिकारी, ऋचा शर्मा, दिब्यदेव, रीमा बिश्वकर्मा, स्वर्गीय जयनन्द लामा, लक्ष्मी भुसाल, जेविका कार्की, रमेश अधिकारी, मञ्जु श्रेष्ठ, विनय कुँइकेल, अनुष्का अधिकारीलगायतको अभिनय छ ।

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu