मंसिर १५ मा ‘सरी मम’, पहिलो गीत सार्वजनिक



चलचित्र ‘सरी मम’को पहिलो गीत सार्वजनिक गरिएको छ । शनिबार राजधानीमा आयोजित एक कार्यक्रमबीच अभिनेता राजेश हमालको उपस्थितिमा सार्वजनिक गरिएको गीतमा प्रज्वल श्रेष्ठको स्वर रहेको रहेको छ । शब्द संगीत प्रज्वल श्रेष्ठ र नबिन बोगटीको छ ।

निर्माण टिमले गीत सार्वजनिक गर्दै प्रदर्शन मिति पनि घोषणा गरेको छ । यो चलचित्र आगामी मंसिर १५ मा रिलिज हुनेछ । निर्माता विनोद लामाले चलचित्रलाई एक हप्ता मात्रै हलमा प्रदर्शन गर्ने र त्यो पनि बाग्मती प्रदेशमा मात्रै रिलिज गर्ने घोषणा गरे । हलमा सार्वजनिक प्रदर्शनपश्चात चलचित्रलाई देशब्यापी रूपमा लक्षित वर्गसम्म पुर्याउने अभियान सुरू गर्ने लामाले बताए ।

कार्यक्रममा बोल्दै अभिनेता हमालले राज्यस्तरबाट सञ्चालन हुनुपर्ने अभियानसहित सोही विषयमा चलचित्र निर्माण गरेकोमा निर्माण टिमलाई बधाइ दिए । प्याब्सन केन्द्रीय उपाध्यक्ष दीपा थापाले स्कुल कलेजमा पढ्दै गरेका थुप्रै विधार्थीहरू कुलतको शिकार बनिरहेको भन्दै त्यो बाटो बन्द गर्न यो प्रकारको चलचित्रले सकारात्मक सञ्चार दिने बताइन् ।

मुख्यतः किशोरावस्था र युवापुस्ताका दर्शकलाई लक्षित गरेर निर्माण गरिएको चलचित्रको प्रदर्शनी तथा च्यारेटीलाई सरकारी स्तरबाट प्रदेश सरकार, नगरपालिका , गाउँपालिका , नेपाल प्रहरीसँगै नेपाल जेसिज, नार्कोनान नेपाल शिक्षा क्षेत्रमा कृयाशिल संस्थाहरू प्याब्सन , एन(प्याब्स , हिसान , शिक्षक महासंघ लगायतले सहकार्य गरिसकेका छन् । उल्लेखित संस्थाहरूको बलमा निर्माण टिमले जतिसक्दो धेरै लक्षित वर्गमा चलचित्र देखाउने उद्देश्य लिएको लामाले बताए ।

एनएफआई क्रियशनको ब्यानरमा नविन बोगटीको निर्देशनमा बनेको चलचित्रमा सरोज खनाल र सरिता लामिछानेसँगै एलिस राई, प्रभात पल, प्रविल कडेल, आरबि कटुवाल, बिहान श्रेष्ठ, युनिसा बजगाइँ, रेजिना मगर, सरोज बखुरेल, लालमणि भण्डारी अभिनयमा छन् । चलचित्रमा दिर्घ गुरुङको छायांकन र प्रितम पाण्डेको सम्पादन छ । आयुष वुढाथोकी र सरोज पौडेलले लेखेको चलचित्रका निर्मातामा सिनेटर खेमराज अधिकारी र रोजिता तामाङ छन् ।

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu