‘पासो’ ट्रेलर : जब रिस्ता र सुनिशा अपहरणमा पर्छन्…



आगामी मंसिर १६ गतेबाट प्रदर्शनमा आउज लागेको चलचित्र ‘पासो’को ट्रेलर सार्वजनिक गरिएको छ । आइतवार एक कार्यक्रमको आयोजना गर्दै सार्वजनिक गरिएको डेढ मिनेट लामो ट्रेलरमा दुई यूवतीले बाँच्नका लागि गरेको संघर्षको कथा देखाइएको छ । चलचित्रले विशेषगरि, अपहरणमा परेपछि २ यूवतीले बाँच्नका लागि के के गर्छन् भनेर देखाएको छ ।

चलचित्रमा नायिका रिस्ता बस्नेत र कलाकार सुनिशा बजगाँई केन्द्रिय भूमिकामा छन् । १३ दिन लगाएर खिचिएको चलचित्रमा कथा, पटकथा, संवाद र निर्देशन आर.बी पूनको छ । चलचित्रलाई भगवान भुजेलले निर्माण गरेका हुन् । राजकुमार राउत कार्यकारी निर्माता रहेको चलचित्रमा बसन्त घिमिरे, अनु मुस्कान, अनुराग ढुंगाना र सरस्वती गुरुङ सह–निर्माताको रुपमा छन् ।

चलचित्रमा रिस्ता र सुनिशाको साथमा रामकुमार बस्ताकोटी, प्रतिक दुलाल, प्रणव आकाशको मुख्य भूमिका छ । सुर्य दयालुको संगीत, उत्तम हुमागाँइको छायांकन रहेको चलचित्रमा सुरेश बस्यालको कोरियोग्राफी, भूपेन्द्र अधिकारीको सम्पादन छ ।

रिस्ता बस्नेतले चलचित्र छायांकन गर्दा निक्कै गाह्रो भएको बताइन् । उनले, १० दिन सम्म त आफू बक्सा भित्र रहेर चलचित्रमा काम गरेको सुनाइन् । यस्तै, अर्की नायिका सुनिशा बजगाँइले पनि ५ दिनसम्म हात बाँधेर काम गर्नुपर्दा गाह्रो भएको बताइन् । बी.आर इन्टरटेन्मेन्टको प्रस्तुतिमा यो चलचित्र बनेको हो ।

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu