कुनै विषयले मन छोयो भने ‘महापुरुष २’ बन्छ : प्रदीप भट्टराई



छठको विदा पारेर प्रदर्शनमा आएको महजोडी अर्थात् मदनकृष्ण श्रेष्ठ र हरिवंश आचार्य अभिनीत चलचित्र ‘महापुरुष’ले हिटको व्यापार गरेपछि यसका निर्माता र निर्देशकले सिक्वेलको मनस्थिति बनाएका छन् । हालै एक टेलिभिजन कार्यक्रममा चलचित्रका निर्माता तथा निर्देशक प्रदीप भट्टराईले दर्शकबाट मिलेको प्रतिक्रियाले ‘महापुरुष २’ बनाउन हौसला र प्रेरणा मिलेको बताएका छन् । उनले चलचित्रको सिक्वेल बन्ने लगभग दाबी पनि गरे ।

‘आमाहरु आवाज सुनिने र आँशु देखिने गरी रुनुहुन्छ, तर बाहरुको आँशु देखिँदैन । कुनै वैज्ञानिकले बाहरु रोएको आवाज सुन्ने मेशिन बनाएको छैन । त्यो एउटा मेशिन बनाऊँ भनेर ‘महापुरुष’ बनाएका हौं । हामी भनेको त डाक्टर, वैज्ञानिक सबै हो,’ उनले भने, ‘धेरैले यस्तै नदेखिएको चिजमा अर्को चलचित्र बनाउन भन्नुभएको छ । कुनै विषयले हामीलाई छोयो भने ‘महापुरुष २’ बन्छ ।’

एकल पिताको एक्लोपन र सन्तानका लागि गरेको त्याग तथा समर्पणको कथामा निर्माण भएको ‘महापुरुष’लाई तेस्रो हप्तामा पनि दर्शकको साथमा कमी आएको छैन । राजधानीका मल्टीप्लेक्सहरु हरेक दिन हाउसफुल छन् । बलियो ‘वर्ड अफ माउथ’ मिलेको यो चलचित्रले दुई सातामा ७ करोड ग्रस कमाई गर्न सफल भएको थियो । तेस्रो सातामा पनि चलचित्रको व्यापार सुखद् छ ।

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu