‘मिलन’को आइटम गीत रिलिज



आगामी मंसिर ९ गतेबाट प्रदर्शनमा आउने तयारीमा रहेको चलचित्रमा समावेश ‘अलि अलि पिएपछि’ बोलको आइटम गीत सार्वजनिक गरिएको छ । सोमबार सार्वजनिक गीतमा बबिना किराती र कृष्ण केसीको स्वर रहेको छ भने चलचित्रका लेखक तथा निर्देशक टेक पौरखी राईको शब्द रचना तथा संगीत छ ।

गीतको भिडियोमा चलचित्रका मुख्य कलाकार अभिनेताद्धय सलोन बस्नेत र कुशल शाह ठकुरीसँगै अभिनेत्री शिल्पा थापा लगायतको टिमलाई देख्न सकिन्छ । भिडियोमा कविराज गहतराजको कोरियोग्राफी रहेको छ । चलचित्र निर्माण टिमले यसअघि चलचित्रमा समावेश ‘तिम्रो इसारा काफी छ’ बोलको गीतसँगै ट्रेलर र पोष्टर सार्वजनिक गरिसकेको छ ।

प्रविन थापा निर्माता रहेको चलचित्रमा सलोन, कुशल र शिल्पासँगै शिशिर बांग्देल, बिशाल पहाडी, जानुका पौडेल (ब्याकुली), सुमिन गुरुङ, रेजिना एक्चै मगर, डेनियल खड्का, करन थापान मगर लगायतका कलाकारको अभिनय रहेको छ । राहुल राईको छायांकन रहेको चलचित्रमा तारा किम्बे थापाको सम्पादन रहेको छ । काठमाडौं र कालिन्चोकमा चलचित्र खिचिएको हो ।

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu