प्रदीपले मागे विनोद चौधरीलाई भोट



अभिनेता प्रदीप खड्का नेपाली कांग्रेसका अर्बपति उम्मेदवार विनोद चौधरीको पक्षमा खुलेका छन् । मंगलवार नवलपरासीको बर्दघाट-१२ मा चौधरीको चुनावी सभामा उनी सहभागी भएका थिए । चौधरी नवलपरासी (ब.सु.प) क्षेत्र नं. १ बाट प्रतिनिधिसभा सदस्यमा उम्मेदवार छन् ।

मंगलवार आयोजित वाम गठबन्धनको चुनावी सभामा सम्बोधन गर्न कांग्रेस सभापति तथा प्रधानमन्त्री शेरबहादुर देउवा, नेकपा माओवादीका अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड) लगायतका नेताहरु पुगेका थिए भने उनीहरुसँगै प्रदीप खड्कालाई पनि अतिथीको रुपमा मञ्चमा आसन ग्रहण गराइएको थियो ।

विनोद चौधरीले आफ्नो फेसबुकमा राखेको तस्विरमा प्रदीपले पनि सभालाई सम्बोधन गरेको देखिन्छ । उनले चौधरीलाई जिताउन त्यहाँका स्यानीयहरुलाई आग्रह गरेको जानकारी प्राप्त छ । विनोद चौधरीका छोरा वरुण चौधरीसँगको मित्रताका कारण उनी चौधरीको पक्षमा खुलेका हुन् ।

प्रतिक्रिया दिनुहोस्
About Thuloparda

Thuloparda Media Pvt. Ltd.

Reg No.: 160/073-74 (Suchana Vibhag, Nepal)

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Address: Anamnagar, Kathmandu, Nepal

Email: [email protected]

All the photos & other materials, do not use or reproduce without authorized permission.

Designed by Appharu