‘मेरी बाँस्सै’ निर्वाचनमय



काठमाडौं । आगामी मंसिर ४ गते हुन गइरहेको निर्वाचनलाई लिएर देशभर माहोल फरक छ । राजनितिक पार्टिहरु आफ्ना एजेण्डासहित सामाजिक सञ्जालदेखी मिडियाहरुमा छरिएका छन् । स्वतन्त्रबाट उम्मेदवारी दिएकाहरु आफ्नो पोल्टामा भोट पार्नका लागी कम्मर कसेका छन् ।

जब निर्वाचनको समय आउँछ नेताहरुले बिभिन्न प्रलोभनमा पारेर आफुलाई भोट हाल्न लगाउछन् भन्ने जनतालाई स्पष्ट थाहा छ । यसो भइरहदा पनि बिभिन्न ठाउँमा भोटकै लागी पैसा समेत खर्च गरेको खबर सुन्न पाइन्छ । यसपालीको निर्वाचनमा कुन पार्टीले कति सिट ल्याउला भन्नेमा जिज्ञासा भने आम जनतामा पक्कै छ ।

यसबीच, नेपाली टेलिश्रृंखलाको क्षेत्रमा लामो इतिहास बोकेको हास्य टेलिश्रृंखला ‘मेरी बाँस्सै’ मंगलबार सार्वजनिक ७८१ औं भाग निर्वाचनमय बनाइएको छ । गाउँमा निर्वाचनको समयमा कुनै ज्ञान नभएका पनि कसरी नेता हुन्छन् र भोटका लागी कतिसम्म गर्छन् भन्ने नेपाली परिवेशलाई नै श्रृंखलामा देखाइएको छ । पछिल्लो समय मेरिबास्सै दिवाकर भण्डारीले निर्देशन गर्दै आएका छन् ।

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu