यो युवा बेच्ने र युवा बचाउनेबीचको प्रतिस्पर्धा हो : रेखा थापा



मंसिर ४ गते हुन लागेको प्रतिनिधिसभा तथा प्रदेशसभाको निर्वाचन बा पुस्ता र युवा पुस्ताबीचको जनमत संग्रह रहेको अभिनेत्री तथा राष्ट्रिय प्रजातन्त्र पार्टीकी नेतृ रेखा थापाले बताएकी छन् । पूर्वको मोरङ क्षेत्र नम्बर ३ बाट प्रतिनिधिसभा सदस्यमा उम्मेदवारी दिएकी उनले प्रतिनिधि तथा प्रदेशसभा निर्वाचनलाई भ्रष्टाचारी र भ्रष्टाचार विरोधी पुस्ताको लडाईंको रुपमा समेत अर्थ्याएकी छन् ।

नेतृ थापाले बिहीवार फेसबुकमा लेखेकी छन्, ‘यो युवा बेच्ने र युवा बचाउनेबीचको प्रतिस्पर्धा हो । यो जनता रुवाउनेसँग जनताको सेवामा समर्पित हुनेहरूको दबाब हो । यो सत्ता भोगीविरुद्ध जनतामुखी पुस्ताको संघर्ष हो ।’ उनले मोरङ क्षेत्र नं. ३ का जनतालाई कसको पक्षमा उभिने भनेर प्रश्न गरेकी छन् । ‘अझै पार्टी बचाउने नाममा छोरा-नाति विदेश पठाउने कि रोक्ने ?,’ उनको प्रश्न छ ।

रेखाले मोरङ ३ का जनतालाई कक्षा १२ सम्म निःशुल्क गुणस्तरीय शिक्षासहित यसरी पढौं अभियान, हरेक नारीलाई चुलोचौकाबाट निकालेर क्षमताअनुसारको सीप, देशका लागि छोरी परियोजना, हरेक वर्ष उत्पादन वर्ष, उत्पादनदेखि बजारसम्मको ग्यारेन्टी, एक क्षेत्र एक उत्पादन, रेखासँग यूवा अभियान, भूमिहीनहरुलाई स्वामित्व, सिंहदरबारसँग संघर्षलगायतका प्रतिवद्धता जनाएकी छन् ।

प्रतिक्रिया दिनुहोस्
About Thuloparda

Thuloparda Media Pvt. Ltd.

Reg No.: 160/073-74 (Suchana Vibhag, Nepal)

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Address: Anamnagar, Kathmandu, Nepal

Email: [email protected]

All the photos & other materials, do not use or reproduce without authorized permission.

Designed by Appharu