आर्यन र उपासनाको ‘डिसेम्बर फल्स’ टिजरमा लभ र एक्सन



आगामी पुष १५ गतेबाट प्रदर्शनमा आउने तयारीमा रहेको चलचित्र ‘डिसेम्बर फल्स’को टिजर सार्वजनिक भएको छ । बिहीवार यूट्युब रिलिज भएको १ मिनेट १५ सेकेन्डको टिजरमा लभ, एक्सन, सस्पेन्स र थ्रिलर पक्षको समिश्रण छ । टिजरमा अभिनेता आर्यन सिग्देल बदला भावमा प्रस्तुत छन् । उनको एक्सनले साउथ शैलीको झल्को दिन्छ । उनी रोमान्टिक अवतारमा पनि देखिएका छन् ।

त्यस्तै, नर्सको भूमिकामा रहेकी अभिनेत्री उपासना सिंह ठकुरीको चरित्रले सस्पेन्स पैदा गर्छ । चलचित्रको मूल कथा उनमै केन्द्रित रहेको टिजरबाट आँकलन गर्न सकिन्छ । एक्सन र लभस्टोरीका पारखीलाई ‘डिसेम्बर फल्स’ले आकर्षित गर्न सक्ने छनक टिजरले देखाएको छ । फर्स्टलुक पोस्टरले नै आशा जगाएको यो चलचित्रमा आर्यन र उपासनाले पहिलो पटक एकसाथ काम गरेका हुन् ।

भारतीय मुलका प्रवीण झाको निर्देशन र महेश आर गुप्ताको छायांकन रहेको चलचित्रलाई रामप्रसाद रिजालले निर्माण गरेका हुन् । रिजालले यसअघि ‘वान डे’, ‘कसम’,धुवाँ यो नशा’ र ‘कायरा’ निर्माण गरिसकेका छन् । ‘डिसेम्बर फल्स’ उनको पाँचौ चलचित्र हो । चलचित्रमा सुमन थापा, नरेश भट्टराई, सलोन बस्नेत, शिवहरि पौडेल, नागेन्द्र रिजाल, शिशिर राणालगायतको पनि अभिनय छ ।

रिजाल एन्ड रिजाल प्रोडक्सनको ब्यानरमा निर्माण भएको ‘डिसेम्बर फल्स’को कार्यकारी निर्माता लक्ष्मण रिजाल र असिम काफ्ले हुन् भने निर्मातामा रामप्रसाद रिजालसँगै राजकुमार भट्ट छन् । विपिका खनालको कथा, केदार भुषाल र प्रतिक पौडेलको पटकथा तथा संवाद, बनिष शाहको दृश्य सम्पादन, श्री श्रेष्ठको द्वन्द्व निर्देशन रहेको चलचित्रलाई श्रीराम बालाजी फिल्मस्ले वितरण गर्दैछ ।

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu