कोरियोग्राफर तथा कन्टेम्पोरेरी डान्सर जेडी तमु र डान्सिङ स्टार नेपालका विजेता छिरिङ शेर्पा मिलेर अग्लो ठाउँमा नृत्य गरेर कीर्तिमान कायम गरेका छन् । विहीवार सर्बोच्च शिखर सगरमाथाको काखमा पर्ने कालापत्थर (पाँच हजार ६०० मिटर उचाईं) मा उनीहरूले यो कीर्तिमान कायम गरेका हुन् ।
यो शीर्षकमा विश्व कीर्तिमान कायम गर्ने विश्वभरिबाटै पहिलो टोली हो। विभिन्न नेपाली लोक नृत्य समायोजन गरी तीन मिनेट लामो प्रस्तुति गरिएको थियो । नेपाली कला संस्कृति र पर्यटनलाई प्रोत्साहन गर्ने उद्देश्यले कार्यक्रम गरेको बताइएको छ ।
नृत्यलाई सरस्वती धिमालले कोरियोग्राफ गरेकी हुन्, जसलाई प्रेम पौडेलले छायांकन गरेका थिए ।