‘ह्यारी कि प्यारी’ पोस्टरमा साम्राज्ञी र जितुको केमेस्ट्री



आगामी माघ २० गतेबाट प्रदर्शनमा आउन लागेको चलचित्र ‘ह्यारी कि प्यारी’को अभिनेत्री साम्राज्ञी राज्यलक्ष्मी शाहको जन्मदिनको अवसर पारेर तीनवटा आधिकारिक पोस्टर सार्वजनिक गरिएको छ । पोस्टरमा अभिनेता जितु नेपाल र अभिनेत्री साम्राज्ञी राज्यलक्ष्मी शाह प्रस्तुत छन् ।

सार्वजनिक एक पोस्टरमा बाकसमाथि उभिएका जितु र साम्राज्ञीलाई रिवनले बाँधिएको छ, साम्राज्ञीको अगाडी लेडिज ब्याग र बुके राखिएको छ । कमेडी जनरामा निर्माण भएको सामाजिक पारिवारिक चलचित्रको अर्को पोस्टरमा जितुले साईकल चलाई रहेका छन्, भने साम्राज्ञीले माइकिङ गरिरहेकी छिन् । तेस्रो पोस्टरमा उनीहरुलाई रोमान्टिक मुडमा देख्न सकिन्छ ।

बिआर प्रोडक्सनकको प्रस्तुतिमा निर्माण भएको चलचित्रमा विजय बराल, लक्ष्मी गिरी, सुवास गजुरेल, नरेश पौडेल, रञ्जना भट्टराई, समिक्षा पौडेल, रमेश अधिकारी, डिल्लीराम खनालको पनि अभिनय रहेको छ । चलचित्रमा अभिनेत्री रेखा थापाको विशेष भूमिकामा प्रस्तुत छिन् ।

डाक्टर कपिल रिजालको प्रस्तुति रहेको चलचित्रमा रिजाल स्वयंमको कथा तथा निर्देशन, पटकथा र संवाद सुदीप बराल, गिरीराज घिमिरे, डाक्टर रिजाल, अभिमन्यू निरवीले लेखेका हुन् । दन्त चिकित्सक डाक्टर कपिल रिजालले यही चलचित्रबाट निर्देशनमा डेब्यू गरेका हुन् ।

चलचित्रमा डाक्टर भोला रिजालको गीत रचना, शिखर सन्तोष र युग भुषालको संगीत, सपनकुमार राई, सौभर दास, थोम्सन एन्ड्रयुज, मीना निरौला र देवाञ्जली जोशीको गायन र कविराज गहतराजको कोरियाग्राफी रहेको छ । सुदीप बरालको छायांकन गरेको चलचित्रलाई अर्जुन जिसीले सम्पादन गरेका हुन् । अहिले चलचित्रको मुम्बईमा पोष्ट प्रोडक्सनको काम भइरहेको छ ।

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu