राजेश हमाल सक्रिय राजनीतिमा आउने



काठमाडौँ।
अभिनेता राजेश हमाल सक्रिय राजनीतिमा आउने सोचमा देखिएका छन् । आज भएको संसदीय निर्वाचनमा काठमाडौंको लैनचौरस्थित जननाथ स्मृति माध्यमिक विद्यालयमा रहेको मतदान केन्द्रबाट भोट खसालेपछि उनले राजनीतिको इच्छा व्यक्त गरेका हुन् ।

संचारकर्मीसँग कुराकानी गर्दै हमालले आफुलाई अबको पाँच वर्षमा हुने निर्वाचनमा उम्मेदवारको रुपमा देख्न पाउने बताए । उनले आफु कुन राजनीतिक दल र कहाँबाट उम्मेदवार बन्ने भन्ने निधो भईनसकेको बताए ।

उनले आजको मतदान परिवर्तनको पक्षमा गरेको उल्लेख गरे ।

प्रतिक्रिया दिनुहोस्
About Thuloparda

Thuloparda Media Pvt. Ltd.

Reg No.: 160/073-74 (Suchana Vibhag, Nepal)

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Address: Anamnagar, Kathmandu, Nepal

Email: [email protected]

All the photos & other materials, do not use or reproduce without authorized permission.

Designed by Appharu