काठमाडौँ।
चलचित्र विकास बोर्ड अध्यक्ष भुवन केसीले उम्मेदवार बन्ने अवसर पाए स्विकार गर्ने बताएका छन् । आज भएको संसदीय निर्वाचनमा काठमाडौँको गुहेश्वरी मतदान केन्द्रबाट मतदान गरेपछि उनले आफ्नो राजनीतिप्रतिको धारणा राखेका हुन् ।

केसीले नेपाली कलाकारहरु विजयी बने नेपाली चलचित्र तथा कला संस्कृतिको प्रवर्धनमा मद्दत पुग्ने बताए ।