काठमाडौँ।
का.म.पा.-०३ वडा कार्यालयमा मतदान गर्दै अभिनेत्री करिश्मा मानन्धरले अर्को चुनावमा उम्मेदवार बन्ने इच्छा राखेकी छन् । मतदानपछि कुरा गर्दै उनले कलाकारहरु राजनीतिमा सक्रिय रहन जरुरी रहेको प्रतिक्रिया दिईन् ।

उनि नेकपा एमालेमा आवद्द रहेकी छन् । उनले यसपटकको संसदीय निर्वाचनमा टिकट पाउने चर्चाबीच उनको नाम सिफारिस भएको थिएन । मानन्धरले चुनाव लडिरहेका कलाकारहरुलाई विजयको शुभकामना दिईन् ।