यस्तो छ ‘बीर विक्रम २’ को हिन्दी ट्रेलर



काठमाडौँ।
मिलन चाम्सले निर्माण तथा निर्देशन गरेको नेपाली चलचित्र ‘बीर विक्रम २’ को हिन्दी भाषाको ट्रेलर सार्वजनिक गरिएको छ । ओएसआर इन्टरनेसनलको अफिसियल युट्युब च्यानल मार्फत हिन्दी भाषाको ट्रेलर सार्वजनिक गरिएको हो ।

यो चलचित्रको भारतको मुम्बईमा हिन्दी डबिङ्ग गरिएको थियो । नेपाली चलचित्रको अन्तर्राष्ट्रिय बजार खोज्ने र थप आम्दानीको बाटो बनाउने उदेश्यका साथ अन्य केहि नेपाली चलचित्रलाई पनि हिन्दी भाषामा डबिङ्ग गरी रिलिज गर्न लागिएको ओएसआर डिजिटलका संचालक ओम प्रकाश अग्रवालले बताए । केहि दिनमा यो चलचित्रलाई हिन्दी भाषामा नै युट्युबमा सार्वजनिक गरिने उनले बताए ।

‘बीर विक्रम २’ मा पल शाह, वर्षा शिवाकोटी, नजिर हुसेन, बुद्धि तामाङ, देशभक्त खनाल, विनिशा भण्डारी, क्षितिज सुबेदी खत्री लगायतको अभिनय रहेको छ । चलचित्रलाई प्रदिप भारद्धाजले लेखेका हुन् ।

हेर्नुहोस् ट्रेलर:

प्रतिक्रिया दिनुहोस्
About Thuloparda

Thuloparda Media Pvt. Ltd.

Reg No.: 160/073-74 (Suchana Vibhag, Nepal)

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Address: Anamnagar, Kathmandu, Nepal

Email: [email protected]

All the photos & other materials, do not use or reproduce without authorized permission.

Designed by Appharu