काठमाडौँ।
फागुन १९ गते रिलिज मिति तोकिएको नेपाली चलचित्र ‘छक्का पञ्जा ४’ को डिजिटल अधिकार ओएसआर डिजिटलले खरिद गरेको छ । ओएसआरका संचालक ओम प्रकाश अग्रवालले यो चलचित्रको ब्रान्ड भ्यालु अनुसारको मूल्यमा अधिकार लिएको बताए ।

आमा सरस्वती मुभिजको ब्यानरमा निर्माण भएको यो चलचित्रका निर्देशक हेमराज बिसी हुन् । चलचित्रमा दीपकराज गिरी, दीपाश्री निरौला, केदारप्रसाद घिमिरे ‘माग्ने बुढा’, बेनिशा हमाल, मलिना जोशी, नीर शाह, राज घिमिरे, निर्मल शर्मा, रमेश बुढाथोकी, सुवास गजुरेललगायत कलाकारहरूको अभिनय रहेको छ । दीपक–दीपा प्रस्तुतकर्ता रहेको फिल्ममा कार्यकारी निर्माता केदारप्रसाद घिमिरे र निर्मल शर्मा रहेका छन् ।