मोरङमा रेखा थापालाई सकस



काठमाडौँ।
प्रतिनिधिसभा निर्वाचन २०७९ अन्तर्गत मोरङ क्षेत्र नं ३ मा चुनाव लडेको नायिका रेखा थापा हालसम्मको मतगणनामा तेश्रो नम्बरमा रहेकी छन् । निर्वाचन आयोगका अनुसार उक्त क्षेत्रका नेपाली कांग्रेसका उम्मेदवार सुनिलकुमार शर्मा १४,०३३ मत ल्याई अग्रस्थानमा छन् भने उनका निकटतम प्रतिद्वन्द्वी नेपाल कम्युनिष्ट पार्टी (एमाले)का उम्मेदवार भानुभक्त ढकाल ८,७४८ मतका साथ दोस्रो स्थानमा छन् ।

राष्ट्रिय प्रजातन्त्र पार्टीबाट चुनाव लडेकी रेखाले २,९९६ मत मात्र ल्याउन सफल रहेकी छन् । सो क्षेत्रमा एक लाख ४९ हजार ८३३ मतदाता रहेका छन् ।

१०० बढि नेपाली चलचित्रमा अभिनय गरिसकेकी रेखा राप्रपाको पछिल्लो महाधिवेशनमा महामन्त्री पदमा पराजित भएकी थिइन् ।

केहि बर्ष पहिले नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसँग नाचेर राजनीतिक चर्चामा आएकी थिइन् ।

प्रतिक्रिया दिनुहोस्
About Thuloparda

Thuloparda Media Pvt. Ltd.

Reg No.: 160/073-74 (Suchana Vibhag, Nepal)

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Address: Anamnagar, Kathmandu, Nepal

Email: [email protected]

All the photos & other materials, do not use or reproduce without authorized permission.

Designed by Appharu