चलचित्र निर्माताद्वय राणा र श्रेष्ठ प्रदेश सभामा निर्वाचित



काठमाडौँ।
नेपाली चलचित्रका निर्माता तथा कलाकारहरु रोज राणा (सरोज थापा) र मदुकुमार श्रेष्ठ क्रमशः लुम्बिनी प्रदेश सभा र बाग्मती प्रदेश सभामा विजयी भएका छन् । दुवै जना नेपाली कांग्रेसको सक्रिय राजनीतिमा छन् ।

बायाँबाट क्रमशः रोज राणा (सरोज थापा) र मदुकुमार श्रेष्ठ

लुम्बिनीको प्यूठान क्षेत्र नं. १ (ख)का उम्मेदवार राणा कांग्रेस-माओवादी-समाजवादी गठबन्धनबाट उम्मेदवार बनेका थिए । उनले २२,५१८ मत प्राप्त गरी विजयी हासिल गरेका हुन् । उनका निकटतम प्रतिद्वन्द्वी नेकपा एमालेका हरि प्रसाद रिजालले २०,८०७ मत प्राप्त गरे । सो क्षेत्रमा कुल १,२७,४४७ मतदाता रहेका छन् ।

त्यस्तै, बाग्मतीको धादिङ क्षेत्र नं. १ (क) का उम्मेदवार श्रेष्ठ कांग्रेस-माओवादी-समाजवादी गठबन्धनबाट उम्मेदवार बनेका थिए । उनले कुल १७,८३२ प्राप्त गरी विजयी बनेका छन् । उनका निकटतम प्रतिद्वन्द्वी नेकपा एमालेका रमेश कुमार आचार्यले १६,५४८ मत प्राप्त गरे । सो क्षेत्रमा कुल २,०६,००२ मतदाता रहेका छन् ।

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu