काठमाडौँ।
नेपाली चलचित्रका ‘बाघ निर्माता’ भनेर चिनिने छविराज ओझाले नयाँ चलचित्र बनाउने भएका छन् । आफ्नो ५८औँ जन्मदिनमा उनले बुधवार चलचित्र ‘जेलब्रेक’ बनाउने घोषणा गरे ।
‘महानायक’ भनेर चिनिने अभिनेता राजेश हमाललाई डेब्यु गराएका ओझाले केहि बर्षदेखि चलचित्र बनाएका छैनन् । पारिवारिक झमेला खेप्नुपरेपछि उनि निस्क्रिय थिए । उनले घोषणा गरेको चलचित्रलाई हालै मात्र सुपरहिट चलचित्र ‘झिंगेदाउ’ दिएका निर्देशक ज्ञानेन्द्र देउजाले निर्देशन गर्दैछन् । यो चलचित्र सशस्त्र युद्दमा जेलब्रेक गरेकी माओवादी लडाकु उमा भुजेलको कथामा बन्न लागेको हो ।

लामो समय देखि पारिवारिक झमेला झेलिरहेका ओझाले अब विवाह नगर्ने बताएका छन् ।