‘तिम्रो मेरो साथ’को टिजरमा बोल्ड साम्राज्ञी (भिडियो)



काठमाडौँ।
पौष २९ गते रिलिज हुने नेपाली चलचित्र ‘तिम्रो मेरो साथ’को टिजर सार्वजनिक गरिएको छ । टिजरमा नायिका साम्राज्ञी राज्यलक्ष्मी शाह बोल्ड देखिएकी छन् भने अभिनेता पुष्प खड्का प्रेममा मथित अवस्थामा देखिएका छन् । टिजरमा प्रेम र बदलाको कथा छ ।

‘तिम्रो मेरो साथ’को टिजरमा साम्राज्ञी राज्यलक्ष्मी शाह

रमेश एमके पौडेल निर्देशित सिनेमामा साम्राज्ञी र पुष्पको अलावा सन्दीप क्षेत्री, इमिली लामा, सरोज खनाल, दिपिशा केसी, खड्क बहादुर पुन ‘खबपु’ लगायतको अभिनय रहेको छ । यो चलचित्रबाट निर्देशनमा डेब्यु गरेका पौडेल चलचित्र निर्माता हुन् । यो चलचित्रमा उनकै कथा, गीत र लगानी रहेको छ । पटकथा तथा संवाद भने शबिर श्रेष्ठ र बाबुराम निरौलाले लेखेका छन् ।

‘तिम्रो मेरो साथ’को टिजरमा साम्राज्ञी राज्यलक्ष्मी शाह

आर्यन फिल्मस् र बोधी एचडिको ब्यानरमा निर्माण भएको सिनेमामा पासाङ लामा निर्माता हुन भने निरू भण्डारी, अशोक पोखरेल, सुमन पौडेल तथा सुधिर पराजुली सह-निर्माता हुन् । कार्यकारी निर्माता शविर श्रेष्ठ हुन् ।

टिजर हेर्नुहो्सः

प्रतिक्रिया दिनुहोस्
About Thuloparda

Thuloparda Media Pvt. Ltd.

Reg No.: 160/073-74 (Suchana Vibhag, Nepal)

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Address: Anamnagar, Kathmandu, Nepal

Email: [email protected]

All the photos & other materials, do not use or reproduce without authorized permission.

Designed by Appharu