‘महापुरूष’ले कमायो १० करोड ग्रस, केक काटेर सेलिब्रेसन



पाँचौं सातामा प्रदर्शन भइरहेको चलचित्र ‘महापुरूष’ले १० करोड ग्रस कलेक्सन गरेको छ । निर्माण पक्षले आइतबार पत्रकार सम्मेलनको आयोजना गर्दै चलचित्रले चौंथो सातामा दश करोड क्लबमा इन्ट्री पाएको जानकारी दिँदै केक काटेर खुसी साट्यो । पाँचौँ सातामा समेत पर्याप्त शो र हाउसफुल व्यापार गरिरहेको ’महापुरूष’ले ५१औँ दिनको यात्रा तय गर्ने निश्चित भएको छ ।

निर्माता म्याक्स दीपेश खत्रीका अनुसार चलचित्रले पहिलो साता ४ करोड ५६ लाख ७७ हजार, दोस्रो साता २ करोड ८३ लाख २७ हजार, तेस्रो साता १ करोड ४२ लाख र चौंथो साता १ करोड २७ लाख ५ हजारको ग्रस कलेक्सन गरेको हो । ‘हामीले पाएको शो हाउसफुल नै भइरहेका छन् । पाँचौं सातामा पाएको शोले नै चलचित्रको सफलता दर्शाउँछ’, निर्माता खत्रीले भने, ‘चलचित्रले नेपालसँगै अमेरिकामा गरेको व्यापार आफैँमा रेकर्ड बन्दैछ । त्यहाँ तीन सय शो हुँदैछ ।’

लेखकसँगै निर्देशक समेत रहेका प्रदीप भट्टराईले चलचित्र निर्माणको उदेश्य व्यक्त भावनालाई भन्नु रहेको बताए । ‘हामीले यसले रेकर्ड बनाउला वा यति व्यापार गर्ला भन्ने सोचेर नभई हाम्रो समाजको समस्यालाई भन्नुपर्छ भन्ने लगेर नै बनाएका हौँ । यसले गरेको व्यापारले हामीलाई हाम्रै कथा भन्न झनै प्रोत्साहन मिलेको छ’, निर्देशक भट्टराईले भने । धेरै सन्तानले आफ्नो अभिभावकसँग भन्न नसकेका कुराहरू चलचित्रले भनेको उनले बताए ।

चलचित्रमा मदनकृष्ण श्रेष्ठ, हरिवंश आचार्य, गौरी मल्ल, राजाराम पौडेल, रवीन्द्र सिंह बानियाँ, शिरू विष्टसँगै नवप्रस्तुतिमा अरुण क्षेत्री र अञ्जना बराईली मुख्य भूमिकामा रहेका छन् । चलचित्रमा एक्लोपनको कथा देखाइएको छ । षट्कोण आर्ट्स प्रा.लि.को व्यानरमा निर्मित चलचित्रमा कार्यकारी निर्माता रबिन्द्र सिंह बानियाँ हुन् भने निर्माता दिपेश खत्री रहेका छन् ।

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu