सलोन बस्नेतले कसे करिश्मासँग लगनगाँठो



पर्दामा धेरै पटक दुलहा बनिसकेका अभिनेता सलोन बस्नेत वास्तविक जीवनमा पहिलो पटक दुलहा बनेका छन् । यतिबेला उनको चन्द्रागिरी हिल्स रिसोर्टमा पेशाले एयर होस्टेस रहेकी प्रेमिका करिश्मा केसीसँग विवाह भइरहेको छ । विहान १० बजेतिर बेहुली लिनका लागि चन्द्रागिरीस्थित निजी निवासबाट जन्तीसहित सलोन केवलकार चढेर चन्द्रागिरी हिल्स रिसोर्ट पुगेका थिए ।

सलोन र करिश्माले चार वर्ष लामो प्रेम सम्बन्धलाई विवाहमा परिणत गरेका हुन् । विवाहपूर्व शनिवार तारकेश्वरस्थित गोलढुंगामा रहेको पातलेवन रिसोर्टमा मेहेन्दी र संगीतको कार्यक्रम भएको थियो, जहाँ केही चर्चित कलाकारहरु पनि उपस्थित थिए । संगीत कार्यक्रममा सलोन अभिनेता सलिनमान बनियाँको काँधमा चढेर नाचेको भिडियो यतिबेला सामाजिक सञ्जालमा निकै भाइरल छ ।

सलोन र करिश्माले एकसाथ ‘यति माया गर्दा पनि’ बोलको म्यूजिक भिडियोमा पनि अभिनय गरेका छन् । यसपछि भने उनीहरुले म्यूजिक भिडियोमा काम गरेका छैनन् । सलोनले विवाहको पर्सीपल्ट अर्थात् मंसिर १४ गते काठमाडौंको एक पाँचतारे होटलमा रिसेप्सन पार्टी दिँदैछन्, जसमा ७ सयभन्दा बढीलाई निमन्त्रणा गरिएको जानकारी प्राप्त छ ।

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu