‘पासो’मा पेन किलर खाएर काम गरेकी रिस्ता



पर्सी शुक्रबारबाट नयाँ नेपाली चलचित्र ‘पासो’ प्रदर्शनमा आउँदैछ । आर बी पुनको निर्देशनमा तयार भएको तथा भगवान भुजेल निर्माता रहेको चलचित्रले दर्शकको साथ पाउनेमा निर्माण टिम विश्वस्त छ । चलचित्रको ट्रेलरबाट नै यसको कथावस्तु केही भिन्न रहेको र प्रस्तुतिमा निर्देशकले नयाँपन खोजेको अनुमान गर्न सकिन्छ ।

यो चलचित्रको मुख्य भूमिकामा नायिका रिस्ता बस्नेत र कलाकार सुनिशा बजगाँईको अभिनय छ । दुई नायिका केन्द्रित चलचित्रले महिला अपहरण, बलात्कार र बिद्रोहको कथा भन्छ । चलचित्रमा काम गर्दा आफू १० दिनसम्म एउटा बक्साभित्र बन्द भएको रिस्ताले बताइन् । चलचित्र खिच्दा खिच्दै कैयौं पटक आफूले अब काम गर्न सक्दिनँ समेत भनेको रिस्ता बताउँछन् । कतिपय समयमा त पेन किलर खाएर काम गरेको उनले सुनाइन् ।

सुनिशाले भने ५ दिनसम्म हात बाँधेर काम गरेकी थिइन् । ५ दिनसम्म हात बाँधेर काम गर्दा निक्कै गलेको अनुभव सुनाउँदै सुनिशाले दर्शकले फरक स्वादको चलचित्र हेर्न पाउने तर्क गरिन् । ‘पासो’का लागि यी दुई नायिका विगत केही दिनदेखि प्रचारमा व्यस्त छन् । दुवै नायिकाले आफूहरुले गरेको दुःख दर्शकले स्विकार गर्ने अपेक्षा गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu