आर्यनको ‘सायरा’ विश्वव्यापी प्रदर्शन हुने



बलिउड निर्देशक विशाल देसाईको निर्देशनमा बन्न लागेको नेपाली चलचित्र ‘सायरा’ विश्वव्यापी रुपमा प्रदर्शन हुने भएको छ । हालै काठमाडौंमा चलचित्रका प्रस्तुतकर्ता रघु परियारले पावनी फिल्म्सका प्रबन्ध निर्देशक विशाल चौधरीसँग ‘वर्ल्डवाइड रिलिज’बारे सम्झौता गरेका छन् ।

‘पावनी फिल्म्सले विश्वभर चलचित्रलाई प्रमोशन गर्नेछ । हामीलाई चलचित्र निर्माणमा यसले झनै मदत पुगेको छ’, प्रस्तुतकर्ता परियारले बताए । पावनी फिल्मस्का प्रबन्ध निर्देशक चौधरीले नेपाली चलचित्रसँग सहकार्य गर्न पाउँदा खुसी लागेको बताए । ‘नेपाली चलचित्रको मेकिङ अनुसार अझै बजार पाउन सकेको छैन । यसैकारण पनि हामी नेपाली चलचित्रलाई विश्वभर पुर्याउन लागेका हौं । नेपाली-इण्डो चलचित्र भएकाले हामीले यसबाट धेरै आशा राखेका छौँ’, चौधरीले बताए ।

आर्यन सिग्देल, सुफिया सिद्दिकी र कविता नेपालीको अभिनय रहने चलचित्रमा भारतीय अभिनेता तथा मोडल धानिष सोनी हालै अनुबन्धित भएका छन् । चलचित्रका प्रस्तुतकर्तामा रघु परियार, निर्मातामा पुस्कर झा र कार्यकारी निर्मातामा काजीमान आत्रेय छन् ।

नेपाली व्यानर डीबीआर मेडिया एण्ड मुभिज र आइविल प्रोडक्सन अष्ट्रेलियाको संयुक्त लगानी रहने ‘सायरा’ ९० प्रतिशत अष्ट्रेलिया र १० प्रतिशत नेपालमा छायांकन हुनेछ । चलचित्रको कथा प्रस्तुतकर्ता परियार स्वयंको हो । उनले लभस्टोरी कथामा पूर्ण कमर्शियल चलचित्र निर्माण गर्न लागेको बताए । चलचित्रको छायांकन आउँदो वर्ष सन् २०२३ मा गरिनेछ ।

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu