प्रदर्शनमा आयो रिस्ता र सुनिशाको ‘पासो’



विश्वकपको माहोलबीच शुक्रवारबाट महिला प्रधान चलचित्र ‘पासो’ प्रदर्शनमा आएको छ । अभिनेत्रीद्वय रिस्ता बस्नेत र सुनिशा बजगाँईको मुख्य भूमिका रहेको चलचित्रले महिला अपहरण, बलात्कार र विद्रोहको कथा उठान गरेको छ । ट्रेलरबाट केही आशा जगाएको यो चलचित्रले देशभरका मल्टीप्लेक्सहरुमा सुखद् शो पाएको छ भने सिंगल थिएटरमा पनि उपस्थिति राम्रो छ ।

बी.आर इन्टरटेन्मेन्टको एकल ब्यानरमा निर्माण भएको चलचित्रमा रीस्ता र सुनिशासँगै रामकुमार बास्ताकोटी, प्रतिक दुलाल, प्रनव आकाश, ऋतिक दुलाल, गीता थापाको पनि अभिनय छ । आर.बी पुनको लेखन तथा निर्देशनमा तयार भएको चलचित्रलाई भगवान भुजेलले निर्माण गरेका हुन् । चलचित्रमा बसन्त घिमिरे, अनु मुस्कान, अनुराग ढुंगाना, सरस्वती गुरुङ सह-निर्माताको रुपमा छन् ।
 
दुई मिल्ने साथीलाई एक अपराधिक समुहले अपहरण गरेपछि उनीहरुले बाँच्नका लागि गरेको संघर्षको कथामा चलचित्र आधारित छ । चलचित्रको नेट कलेक्शनको १५ प्रतिशत रकम धादिङमा निर्माण हुन गइरहेको ‘जीवन विज्ञानधाम’ निर्माणार्थ प्रदान गर्ने निर्माण टिमले घोषणा गरिसकेको छ । फिल्मलाई रिच इन्टरटेन्मेन्टले काठमाडौंभित्र र एफडी कम्पनीले मोफसलमा वितरण गरेको छ ।

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu