आश्मासँग संयमले कसे लगनगाँठो



अभिनेता संयम पुरी र अभिनेत्री आश्मा डिसी दाहाल विवाह बन्धनमा बाँधिएका छन् । शुक्रवार बौद्धस्थित पाँचतारे होटल हायातमा उनीहरुको विवाह कार्यक्रम भइरहेको छ । स्वस्तिमा खड्का, निश्चल बस्नेत, हेमराज विसीलगायतलाई जन्ती लिएर संयम दुलही लिन होटल हायात पुगेका थिए । विवाहमा संयम र आश्मा निकट केही चलचित्रकर्मीहरु सहभागी छन् ।

करिब ८ वर्षदेखि प्रेम सम्बन्धमा रहेका उनीहरु पछिल्लो समय अमेरिकामा बस्दै आएका छन् । दशैंको छेकोमा यो जोडी विवाहका लागि नेपाल आएको थियो । संयम निर्देशक नारायण पुरीका छोरा हुन् भने आश्मा गोपीकृष्ण हलका म्यानेजर प्रदीप दाहालकी छोरी हुन् । संयम र आश्माले पहिलो पटक चलचित्र ‘आभाष’मा एकसाथ काम गरेका थिए । यही चलचित्रमा काम गर्ने क्रममा उनीहरुबीच प्रेम अंकुराएको बताइन्छ ।

संयम र आश्माले चलचित्र ‘नाइँ नभन्नु ल ३’मा पनि एकसाथ काम गरेका छन् । संयम अभिनयमा अब्बल मानिन्छ । चलचित्र ‘सायद’ बाट अभिनेताको रुपमा डेब्यू गरेका उनले ‘पुन्टे परेड’, ‘लभ सब’, ‘ग्याङस्टर ब्लुज’, ‘रातो घर’ लगायतका चलचित्रमा अभिनय गरेका छन् । त्यस्तै, आश्माले अमेरिका जानु अगाडि अभिनेत्री रेखा थापा निर्मित तथा निर्देशित चलचित्र ‘रामप्यारी’मा काम गरेकी थिइन् ।

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu