‘गुञ्जन’को पहिलो गीत ‘सास चल्छ’ सार्वजनिक



काठमाडौँ । आगामी पुस २९ गतेबाट प्रदर्शनमा आउन लागेको चलचित्र ‘गुञ्जन’को पहिलो गीत ‘सास चल्छ’ सार्वजनिक भएको छ । प्रविसा अधिकारी र आरिफ रफको स्वर रहेको गीतमा कर्णराज कार्कीले संगीत दिएका छन् । रोमान्टिक थिममा तयार गीतमा सारा सिर्पाली र प्रितमराज सेन्चुरीको रोमान्स देख्न सकिन्छ ।

अष्ट महर्जनको निर्देशन रहेको चलचित्रमा सारा र प्रितमराजको अलवा सरोज खनाल, हिउँवाला गौतम, कविर खड्का, रोहन शाही, निरुता स्याङतान, कन्चन चालिसे, सुस्मिता बराल, इभा श्रेष्ठ, अमोद भट्ट, आइपी आचार्य, ऋचा शर्मा, अमेश न्यौपानेलगायतको अभिनय छ । विगत २ दशकदेखि द्वन्द्व निर्देशन गर्दै आएका अष्ट महर्जनको यो डेब्यू निर्देशित चलचित्र हो ।

हिराकृष्ण शाहीको प्रस्तुति र सुनिता शाही निर्माता रहेको चलचित्र ए.एच इन्टरटेन्मेन्टको ब्यानरमा निर्माण भएको हो । विशुद्ध प्रेमकथामा निर्माण भएको चलचित्र काठमाडौं, पोखरा, जोमसोममा र दुबईमा छायांकन भएको हो । चलचित्रमा कविराज गहतराजको कोरियोग्राफी, राजेश श्रेष्ठको छायाँकन, विपिन मल्लको सम्पादन, कल्याण सिंह, अर्जुन पोखरेल र करणराज कार्कीको संगीत छ ।

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu