‘डेसान’को गीतमा निशान र पुनमको रोमान्स



चलचित्र ‘डेसान’मा समावेश रोमान्टिक गीत ‘आइ लभ यु’ शुक्रबार सार्वजनीक गरिएको छ । प्रताप दास र प्रबिशा अधिकारीको स्वर,राजु थापाको शब्द,हरि लम्सालको संगीत र अजय स्याङ्तेनको कोरियोग्राफी रहेको गीत युट्युव च्यानल पर्फमिङ आर्ट क्रिएसनमार्फत दर्शकमाझ ल्याइएको हो ।

कमल एक्चै मगर निर्देशित चलचित्रको गीतमा नवअभिनेता, अभिनेत्री द्वय निशान चौहान र पुनम थापालाई रोमान्टिक मुडमा प्रस्तुत गरिएको छ । मंसिर २३ गतेबाट देशब्यापी प्रदर्शनमा आउन लागेको चलचित्रमा पारिवारिक प्रेम, बिश्वास, घात तथा बदलाको कथा उठान गरिएको छ ।

चलचित्रमा निशान र पुनमका साथमा भोला सापकोटा,नम्रता सापकोटा, कविता आले, आरुषजंग सारु, मलिका बस्नेत, प्रमीशा सारु मगरलगायतको अभिनय छ । पर्फमिङ आर्ट कृएसनको ब्यानरमा कृशाला मगर कार्यकारी निर्माता रहेको चलचित्रको कथा राजु काउचाले लेखेका हुन् भने पटकथा र संवाद निर्देशक मगरकै हो ।

चक्रबहादुर महर्जनले खिचेको चलचित्रमा हरि लम्सालको संगीत, राजु थापाको शब्द तथा अजय स्याङतेनको कोरियोग्राफी छ । मिलन श्रेष्ठले सम्पादन गरेको चलचित्रको वितरण एफडिी कम्पनी, जिजिए ग्रुप र रिच इन्टरटेन्मेन्टले गर्दैछ ।

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu