अनमोलको ‘छड्के २’को जापान राइट्स विक्री



अभिनेता अनमोल केसीको मुख्य भूमिका रहेको चलचित्र ‘छड्के २’को छायांकन नसकिँदै ओभरसिज राइट्स विक्री हुन सुरु भएको छ । यतिबेला चितवनमा क्लाइमेक्सको छायांकन भइरहेको चलचित्रको यसै साता जापान राइट्स विक्री भएको छ । सचिन आचार्यले नमस्ते टोक्यो नामक संस्थाबाट महंगोमा चलचित्रको जापान राइट्स खरिद गरेका हुन् । उनले चलचित्रको खरिद मूल्य भने खुलाएका छैनन् ।

सचिनले भनेका भने, ‘हामीले जापानको मार्केटलाई मुल्यांकन गरेर चलचित्रलाई पर्याप्त रकम तिरेका हौं । जापान राइट्सको मूल्यबाट निर्माता पनि खुसी छन् । जापानमा अनमोलको राम्रो फ्यान फलोइंग रहेकाले पनि ‘छड्के २’को राइट्स खरिद गरेका हौं ।’ मार्च ५ मा चलचित्र टोक्योमा रिलिज हुनेछ भने त्यसपछि क्रमशः फुकुओका, चिबा, नागोया, सेन्दाईलगायतका शहरहरुमा प्रदर्शन हुनेछ ।

आगामी फागुन १९ गतेबाट प्रदर्शनमा आउने तयारीमा रहेको ‘छड्के २’मा अनमोलका अलावा रोविन तामाङ, कमलमणि नेपाल, रेशा आले मगरलगायतको अभिनय छ । निगम श्रेष्ठद्वारा लिखित तथा निर्देशित चलचित्रको निर्मातामा प्रशान्त गिरी र देवकुमार श्रेष्ठ, कार्यकारी निर्मातामा लक्ष्मण काफ्ले र निर्भाना फिल्म स्कूल छन् । चलचित्रको छायांकनका दृश्य टिकटकमा भाइरल हुँदा यतिबेला निर्माएण टिम तनावमा छ ।

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu