आगामी पुष २२ गतेबाट प्रदर्शनको तयारीमा रहेको चलचित्र ‘चि मुसी चि : इभन डेड डिजायर बिलङ्गिङ’को मोसन पोस्टर सार्वजनिक गर्दै नयाँ प्रदर्शन मिति घोषणा गरिएको छ । यसअघि पुष १५ गते रिलिज हुने भनिएको यो चलचित्र एक हप्ता पछाडि सर्दै पुष २२ गतेबाट प्रदर्शनमा आउने भएको छ ।

एमी स्टुडियो प्रोडक्सनको ब्यानरमा निर्माण भएको हरर-थ्रिलर जनराको चलचित्रको सार्वजनिक मोसन पोस्टरमा कलाकारहरु प्रियंका कार्की, ऋचा शर्मा, बेनिशा हमाल, आयुष्मान देशराज जोशी, राजन खतिवडा, रविन्द्र झा, गौरव बिष्टलगायत प्रस्तुत छन् । मोसन पोस्टरको पार्श्व संगीतले दर्शकमाझ उत्सुकता र डर पैदा गर्ने देखिन्छ ।
चलचित्रले नेपालमा हरर-थ्रिलरको ट्रेण्ड स्थापित गर्ने निर्माण टिमको विश्वास छ । चलचित्रको निर्देशन मर्ण जेम्स र यश सैनीले संयुक्त रुपमा गरेका हुन् । नेपाली र बलिउड प्राविधिकको समिश्रणमा चलचित्र निर्माण भएकाले दर्शकले केही फरक र नयाँपन महसुस गर्ने निर्देशक जेम्सको दाबी छ । चलचित्रमा रिञ्जु केसीसँग मिलेर प्रस्तुतकर्ता अरुण चक्रावर्ती लगानी गरेका हुन् ।