विश्वकपको रौनकसँगै सुरु भयो ‘भकुन्डो ब्याटल फेस्ट’ 



विश्वव्यापी रूपमा चासोको विषय बनेको फिफा विश्वकप फुटबललाई मध्यनजर गर्दै ‘भकुन्डो ब्याटल फेस्ट’ कम्पिटिसन हुने भएको छ । ३ राउन्ड ब्याटल गरिने कार्यक्रममा र्यापर मानस घले जजको रूपमा देखिनेछन् भने कार्यक्रमको सञ्चालन भोयोमाले गर्नेछन् । 

आर एन एस कृयसनले आयोजन गरेको कार्यक्रममा प्रतियोगीहरूले फुटबल खेलाडी पेले , मेरेडोना, मेसी , रोनाल्डो साथै फिफामा सामेल भएका देश अर्जेन्टिना , ब्राजिललाई समर्थन गर्दै र्‍याप प्रस्तुत गर्ने छन् । प्रतियोगी मेक (अर्जेन्टिना) , भोइड (पेले) , रमन ( मेरेडोना) , सेभेक (ब्राजिल) भएर स्टेजमा देखिने छन् ।  

“भकुन्डो ब्याटल फेस्ट” को पहिलो एपिसोड सार्वजनिक भइसकेको छ जसमा ब्राजिलको समर्थनमा सेभेक भर्सेस अर्जेन्टिनाको समर्थनमा मेकले प्रस्तुति दिएका छन् । दर्शकको भोटको आधारमा प्रतियोगीहरू पहिलो, दोस्रो र तेस्रो हुनेछन् । र्यापरहरुलाई भोट गर्नका लागि दर्शकले अनलाइन एप दामी म्युजिकमा इ-सेवा , आएमि.पेबाट भोट गर्न सक्नेछन् ।

विजेता हुने प्रतियोगीले २५,००० पाउनेछन् भने सहभागीले १०,००० पाउनेछन् । कार्यक्रमको फाइनल रिजल्ट फिफा फाइनलको एक दिन अगाडि हुने छ । दर्शकले यस कार्यक्रमलाई डिस होमको ११२ च्यानल डी म्युजिक टिभीका साथै युट्युब च्यानल ओएसआर रियालिटीबाट हेर्न सक्ने छन् । साथै अडियो मात्र सुन्न चाहने दर्शकको लागि दामी म्युजिक एप र आइट्युन पनि रहेको छ । 

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu