‘तिम्रो मेरो साथ’ गीतमा जवानी देखाउँदै साम्राज्ञी



रमेश एमके पौडेलद्वारा पहिलो निर्देशकिय चलचित्र ‘तिम्रो मेरो साथ’को क्लब गीत सार्वजनिक गरिएको छ । बिहीबार राजधानीमा आयोजित एक कार्यक्रमका बीच सार्वजनिक गरिएको ‘जोश छ जवानीको’ बोलको आइटम गीतमा चलचित्रकी मुख्य अभिनेत्री साम्राज्ञी आरएल शाह बोल्ड अवतारमा प्रस्तुत छिन् । गीतमा अभिनेताद्वय पुष्प खड्का र सन्दिप क्षेत्री पनि फिचर्ड छन् ।

योगेश काजी शाह र सारिका घिमिरेको स्वर रहेको गीतमा निर्देशक पौडेलकै शब्द रचना र गायक शाहको संगीत छ । भिडियोका कोरियोग्राफर रामजी लामिछाने हुन् । गीतमा साम्राज्ञीले नृत्यमा गरेको मिहेनत देखिन्छ । चलचित्रको यसअघि ‘रुमाल बाटेर टाई बनाम्’ बोलको डान्सिङ गीत सार्वजनिक भएको थियो, जसले यूट्युब रिलिजको एक महिनामा १३ लाखभन्दा बढी भ्यूज बटुलिसकेको छ ।

आगामी पुष २९ गतेबाट प्रदर्शनमा आउने तयारीमा रहेको चलचित्रमा साम्राज्ञी, पुष्प र सन्दिप क्षेत्रीसँगै खड्क बहादुर पुन, इमिली लामा, सरोज खनाल, दिपाशा विसीलगायतको अभिनय रहेको छ भने विशेष भूमिकामा कलाकार ध्रुव दत्तले अभिनय गरेका छन् । चलचित्रमा निर्देशक पौडेल स्वंयमको कथा, गीत र निर्माण छ ।

आर्यन फिल्मस तथा बोधी एचडी अमेरिकाको ब्यानरमा निर्मित चलचित्रको निर्मातामा पासाङ लामा र सह-निर्मातामा निरू भण्डारी, अशोक पोखरेल, सुमन पौडेल र सुधिर पराजुली रहेका छन् । कार्यकारी निर्माता सविर श्रेष्ठको पटकथा तथा संवाद रहेको चलचित्रमा शिव ढकालको छायांकन, योगेशसँगै सुभाष भुषालको संगीत छ ।

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu